नक्कली ट्रायल परीक्षार्थी पक्राउ

रिपोर्ट नेपाल | 2020 Feb 03 | 04:45 pm 1500

काठमाडौ, माघ २०: मोटरसाइकल ट्रायल दिने नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कैलाली घोडाघोडी नगरपालिका११ घर भई हाल काठमाडौं किर्तिपुर पाँगा बस्ने २१ वर्षीय ललित जोशी रहेका छन् ।

उनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखावाट खटिएका ट्राफिक प्रहरी टोलीले नेपाल ड्राईभिङ ट्रायल सेन्टर, सुकेधारामा संचालन भएको मोटरसाइकलको ट्रायलको क्रममा नककली प्रमाणित भई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

उनले जुम्ला तातापानी ५ घर भएका श्रीप्रसाद दाहालको नाममा मोटरसाइकलको ट्रायल परीक्षा दिन आएको पाइएको हो ।

जनेशीलाई अनुसन्धान तथा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त गौशालामा पठाईएको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.