नक्कली कागज बनाएर सर्वसाधारणलाई ठग्ने साह पक्राउ

| 2019 Sep 02 | 10:08 am 1615

काठमाडाैं, भदाै १६: नक्कली कागज बनाएर सर्वसाधारणलाई ऋण दिएवापत ठगेको अभियोगमा सर्लाहीकाे मलंगवा नगरपालिका-४ का श्यामकृष्ण साह कलवार (श्याम परदेशी) पक्राउ परेका छन् । उनलाई आइतबार साँझ जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले पक्राउ गरेको प्रहरीले जानकारी दिए ।

पीडित रुक्मीणी चौधरीको जाहेरी अनुसार परदेशीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।  चौधरीले यही भदौ ५ गते परदेशीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।

सर्लाहीका एसपी गोपालचन्द्र भट्टराईका अनुसार ४ लाख दिएर १५ लाखको कागज गराएको भनी ठगीमा उजुरी आएकाले श्यामलाई पक्राउ गरेकाे बताए ।

उनले १ सय ५० भन्दा बढीलाई ऋण दिँदै ठगेपछि पीडितहरुले काठमाडौंमा काबारबाहीको माग गर्दै धर्ना गरेको थिए । पीडितहरुले गत मंगलबार राजधानीमा परदेशीविरुद्ध पत्रकार सम्मेलन गरेर आफूहरुलाई न्याय दिलाउन सरकारसँग अपिल समेत गरेका थिए ।

जालझेल, ललाई फकाई, डरत्रास र करकापमा पारी किर्ते जालसाजी गरी ठगी गरेको पीडितको आरोप थियो ।

परदेशीले गाउँमा सोझासिदा नागरिकलाई तमसुक बनाई चर्को व्याजदरमा ऋण प्रवाह गर्ने, परिवारका सबै सदस्यलाई ऋणी बनाउने र भनेजति पैसा नदिए लेनदेनको मुद्धा चलाएर दुःख गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.