धोकेवाज केटी (कबिता)
यो सिंउदो तिम्रा लागी ।
यो सरिर तिम्रा लागी ।
मेरो सास तिम्रा लागी ।
ज्युने आस तिम्रा लागी ।
र त यो जीन्दगी खास तिम्रा लागी ।।
उसले भन्थी ?
बर्षौं देखि म सँगै रून्थी ।
म सँगै हाँस्थी ।
मेरो लय र सुरमा,
मेरै भाका मेरै तालमा
पौडिदै नाँच्थी ।।
र यो सब तिम्रा लागी ।
उसले भन्थी ? ‘
उसको आह्वानमा
उसका चाहनामा ।
मेरा बिबसतामाथि पनि
उसैलाई भेट्ने बाहनामा ।
कहिले उज्यालोमा
कहिले अध्यारोमा ।।
म हाजिर हुँदा
अँगालोमा कस्दै रून्थी ।।
र यो सब तिम्रा लागी
उसले भन्थी ?
हरेक पटकको भेटमा ।
दुख पिडा अनि चोटमा ।।
मेरै काखमा हुन्थी ।
मै सँग स्वर्ग देख्ने
चाहना राख्थी ।।
हामी स्वर्ग पुगेर फर्किन्थ्यौँ ।
र सबै पिडा भुल्थ्यौँ ।
त्यस पछि लामो सासमा
यो सब तिम्रा लागी
उसले भन्थी ?
बिहेका सपना ।
माग्न पठाउने योजना ।।
जिन्दगीको कल्पना ।
यति सम्म कि ,
म हिडेको बाटो नै सबै
थिए उसैका योजना ।।
यि सब सुनाउथी
र यो सब तिम्रा लागी
उसले भन्थी ?
तर आज प्रेममा निश्तेज ?
मायाँमा बन्देज ?
बर्षौँ देखिको प्रेमको दुर्घटना ?
यो उसको कस्तो चाहना ?
–सुर्य प्रसाद खनाल , गुल्मी