धुर्कोटको गणतन्त्र दिवस : सम्मान, खेलकुद र विकास निर्माण

रिपोर्ट नेपाल | 2018 May 30 | 06:24 am 6374

गुल्मी, जेठ १६: ११ औँ गणतन्त्र दिवस धुर्कोट गाउँपालिकाले विविध कार्यक्रम गरी मनाएको छ । गाउँपालिकाले गाउँपालिकाभित्रका विभिन्न ब्यक्तित्वहरुलाई सम्मान, एक घर एक धाराको उद्घाटन तथा अन्तरविद्यालयस्तरिय भलिबल प्रतियोगिता सम्पन्न गरेको छ ।

विभिन्न ब्यक्तित्वहरुलाई सम्मान

गाउँपालिकाभित्रका विभिन्न सहिदका नाममा गाउँकार्यपालिकाले विभिन्न पुरस्कार दिने निर्णय गरेको थियो । त्यसैअनुरुप उसले गणतन्त्र दिवसको अवसरमा सम्मान गरेको छ । गाउँपालिकाले शहिद शमशेर बहादुर खत्री बर्ष पुरस्कारबाट ५० हजार राशि सहिद पूर्व सासंद टंक प्रसाद पोखरलाई सम्मान गरेको छ । शहिद खिमविक्रम नेपाली शैक्षिक बर्ष पुरस्कारबाट २५ हजार राशिसहित ज्ञानोदय मावि तथा शहिद विष्णु बस्नेत बर्ष पशुपालक कृषक पुरस्कारबाट १५ हजारसहित जित बहादुर पहराईलाई सम्मान गरेको गाउँपालिकाका प्रवक्ता कविता विकले जानकारी दिइन् । त्यस्तै शहिद जेदुराम भण्डारी बर्ष कृषि पुरस्कारबाट १५ हजारसहित खुमबहादुर कुँवर, उत्कृष्ठ कर्मचारी बर्ष पुरस्कारबाट १० हजारसहित गिरीप्रसाद श्रीस, उत्कृष्ठ स्वास्थ्य सेवा बर्ष पुरस्कारबाट १० हजारसहित डिल्लिराज पराजुलीलाई सम्मान गरेको छ । त्यस्तै पत्रकारीता बर्ष पुरस्कारबाट १० हजारसहित हुमाकान्त पोखरेल र उत्कृष्ठ शिक्षक पुरस्कारबाट १० हजारसहित इन्द्रमणी पाण्डेलाई सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष शिव खत्रीले बताए ।

भलिबल प्रतियोगिता

गाउँपालिकाले गाउँपालिकाभित्रका ११ वटा विद्यालयहरुबिच छात्र÷छात्रा भलिबल प्रतियोगिता गराएको छ । छात्र भलिबलअन्तरगत वाग्ला माध्यमिक विद्यालय प्रथम, गणेश माध्यमिक विद्यालय द्धितिय, भगभती माध्यमिक विद्यालय र ज्ञानोदय माध्यमिक विद्यालय तृतिय भएका छन् । त्यस्तै छात्रा भलिबलतर्फ पाञ्चायन माध्यमिक विद्यालय प्रथम, वाग्ला माध्यमिक विद्यालय द्धितिय भएका छन् । भने हिमाल माध्यमिक विद्यालय र धुर माध्यमिक विद्यालय तृतिय तथा इन्दिरा माध्यमिक विद्यालय सान्तवना भएको गाउँपालिकाका शिक्षा संयोजक मधु घिमिरेले जानकारी लिए ।

एक घर–एक धारा उद्‍घाटन

स्थानिय तहको निर्वाचन भएको ११ महिना पुगिसक्यो । तर धुर्कोट गाउँपालिकामा अहिलेसम्म पनि पानीको सुविधा थिएन् । यसै समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले एक घर–एक धाराको नीति लिएको थियो । यसै अभियानअन्तरगत गणतन्त्र दिवसकै दिन धाराको उद्घाटन गरिएको छ । होल बाङ्ग बाङ्ग्रा तथा जैसिथोक खानेपानी आयोजनामार्फत निर्माण भएका धाराको उद्घाटन भएको छ । धुर्कोट गाउँपालिका वार्ड नम्बर ४ जैसिथोक साविकका वार्ड नम्बर १ देखि ३ सम्मका ९३ परिवारका घरमा एक धारा जडान भएको समिति अध्यक्ष गोपाल कुवँरले बताए । आयोजनाको गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले उद्घाटन गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले आगामी पाचँ बर्षसम्म गाउँपालिकाभित्रका सबै घरमा एक धारा जडान गरिने प्रतिवद्धता ब्यक्त गरे ।

शहिदको रगतले स्थानिय तह

सम्मान कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सभापति लक्ष्मण पराजुलीले शहिदहरुको रगतले गर्दा नै अहिलेको राजनीतिक परिवर्तन सम्भव भएको बताए । विभिन्न समयमा भएका राजनीतिक परिवर्तमा शहिदहरुले खेलेको भूमिका महत्वपूर्ण भएको समेत बताए । ‘शहिदहरुको भूमिकाले गर्दा नै अहिले हामि यो अवस्थासम्म आइपुगेका छौ ।’ उनले भने, ‘अब हाम्रो ध्यान विकासमा केन्द्रित हुनुपर्छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.