धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा एक पक्राउ

रिपोर्ट नेपाल | 2019 Jan 07 | 02:10 pm 1706

पाल्पा, पुस २३ : रामपुर नगरपालिका–६ तिलपुर का ४५ वर्षीय भलबहादुर कुमाललाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा सोही नगरपालिका–४ जलदेबीस्थान का ३६ वर्षीय मनोज थापालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

सामान्य विवादको कारण उक्त घटना भएको बुझिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.