काठमाडौं, जेठ ५ काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रु बस धादिङमा दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या ७ पुगेको छ । साथै उक्त दुर्घटनामा परी २७ जना घाइते भएका छन् ।
आइतबार बिहान धादिङको गजुरी गाउँपालिका–६ मा ना ७ ख ४३८७ नम्बरको यात्रुवाहक बस त्रिशुली नदीमा खसेर दुर्घटना भएको थियो ।
मृत्यु हुनेमा काठमाडौं चन्द्रागिरि नगरपालिकाकी ३५ वर्षकी सीता थपलिया, काठमाडौं थानकोटका ५१ वर्षका राजकुमार सुवेदी, कन्याम इलामका २० वर्षका विशाल गिरी र धादिङका राजन आचार्यको ज्यान गएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।
त्यस्तै प्रकाश श्रेष्ठ, शेखर मगर र उज्वल पाण्डेको पनि मृत्यु भएको छ तर उनीहरूको ठेगाना खुलेको छैन ।