१२ जना घाइते भएका छन् । सोही दिशामा रहेको बा २० च ४०७६ कार, इटहरी तर्फ जाँदै गरेको मे १ च ६६९२ नम्बरको ट्याक्टर र खनारस्थित अरिहन्त उद्योगबाट मजदुर लिएर आएको को १ ख ४७६२ नम्बरको बस एकापसमा ठेकिएका थिए । तीब्र गतिमा रहेको कारले ट्याक्टरलाई ओभरटेक गर्ने क्रममा पहिले ट्याक्टरको पछाडि डालीमा ठोकाएको थियो । कार र ट्याक्टर ठोकिएसंगै विपरीत दिसाबाट आएको बससँग कार फेरि ठोकिएर पल्टिदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका कार चालक मोरङको सुन्दर हरैचा बस्ने गोविन्द बस्नेतको विराट नर्सिङ होममा उपचार भईरहेको छ । अन्य घाइतेको धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।