धरानका मेयर सुब्बालाई अन्तिम श्रद्धाञ्जली

रिपोर्ट नेपाल | 2018 Jul 21 | 07:21 pm 2336

सुनसरी, साउन ५: धरान उपमहानगरपालिकाका प्रमुख स्वर्गीय तारा सुब्बाको अन्तिम संस्कार शनिबार सम्पन्‍न भएको छ। सिभीयर निमोनिया भएपछि उनको असार १ गते ग्राण्डी अस्प्तालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

मुलुक बाहिर रहेका परिवारका सदस्य आइपुगेपछि शनिबार धरान-१९ स्थित हरियाली सामुदायिक वनमा मौलिक लिम्बु परम्परा अनुसार सुब्बाको अन्तिम संस्कार गरिएको थियो। यसअघि श्रदाञ्जलीका लागि धरान–१२ पब्लिक उमाविको मैदानमा स्वर्गीय सुब्बाको शव राखिएको थियो। यसअघि धरान उपमहानगरपालिकामा स्वर्गीय सुब्बालाई नगर प्रहरीले अन्तिम सलामी समेत दिएको थियो।

सुब्बालाई उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानून मन्त्री हिक्कमत कार्की, आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो, वन तथा वातावरण र पर्यटन मन्त्री जगदिश कुशियत, नेकपा स्थायी समिति सदस्य तथा प्रदेश १ संयोजक भीम आचार्य, नेकपा सचेतक भानुभक्त ढकाल, प्रदेश १ का महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउपालिकाका प्रमुख, जनप्रतिनिधिहरु, विभिन्न दलका नेता, कार्यकताहरुले अन्तिम श्रदाञ्जली दिएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.