धरान उपमहानगरपलिकाका मेयर तारा सुब्बाको निधन

| 2018 Jul 17 | 04:09 pm 2024

काठमाडौं,  साउन १ :  नेपाल कम्युनिष्ट पार्टीका नेता तथा धरान उपमहनगरपलिकाका मेयर तारा सुब्बाको निधन भएको छ । उपचारको क्रममा सुब्बाको ग्राण्डी अस्पतालमा मंगलबार दिउँसो निधन भएको हो । उनि दुईसाताबाट उपचाररत थिए ।

मेयर सुब्बालाई छातीमा निमोनियाको इन्फेक्सन भएको थियो । सुब्बालाई एक सातासम्म आईसीयुमा राखेर नर्मल बेडमा सारिएको थियो । विगतमा मृगौला प्रत्यारोपणसमेत गरिएको हुनाले सुब्बाको शारीरिक अवस्था कमजोर रहेको थियो ।

स्थानीय चुनावमा उनले कांग्रेसका उम्मेदवार तिलक राईलाई ४ हजार भन्दा बढी मतले हराएक थिए ।

२०४० सालमै अनेरास्ववियू नगर कमिटी सदस्य बनेका सुब्बा २०४७ सालपछि भने युवा संघको राजनीतिमा प्रवेश गर्नुभएको थियो । त्यसबेला युवा संघलाई प्रजातान्त्रिक राष्ट्रिय युवा संघका नामले चिनिन्थे । सुब्बा संघको नगर कमिटीपछि जिल्ला कमिटी संयोजक हुदै २ पटक जिल्ला अध्यक्ष, २ पटक केन्द्रीय सदस्य पनि बनेका थिए । सुब्बाका श्रीमती र एक छोरा रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.