धम्की दिँदै रकमा असुली गरेकाे अभियोगमा गुण्डा नाइके ‘बाघे’ पक्राउ

रिपोर्ट नेपाल | 2018 Sep 06 | 06:43 pm 5087

काठमाडौं, भदौ २१ : गुण्डा नाइके शुकबहादुर तामाङ ‘बाघे’ काठमाडौंको बालाजुबाट पक्राउ परेका छन् । रकम असुली र धाक धम्की दिएको अभियोगमा बाघेलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख ९एसएसपी० बसन्त लामाका अनुसार उनले विभिन्न व्यवसायीहरुलाई धाक धम्की दिँदै रकम असुली गर्दे आएका छन् । ठुलो भर्याङमा इँट्टा, बालुवा तथा रोडा डिपोसमेत सञ्चालन गर्दै आएका ‘बाघे’ले बसपार्क, स्वयम्भु, बालजुलाई आधार बनाएर गुण्डागर्दी गर्दै आएका थिए। पछिल्लो समय उनलाई कुनै मुद्दा नभए पनि प्रहरीले निगरानीमा राखेको थियो।

पटक–पटक पक्राउ पर्दै छुट्दै आएका बाघेमाथि सार्वजनिक अपराध मुद्दामा म्याद लिएर अनुसन्धान गरिने एसएसपी लामाले बताएका छन् । तत्कालीन एसएसपी छविलाल जोशी काठमाडौं प्रहरी प्रमुख रहँदा यसअघि ‘बाघे’ २०७४ वैशाख १० गते पक्राउ परेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.