जनकपुरधाम, कार्तिक २४ । आरती साहको मृत्यु प्रकरणमा एसपी विश्वराज खड्कालाई हटाइए पछि धनुषाको सुरक्षा कमाण्ड सम्हाल्न प्रहरी प्रधान कार्यालयले एसपी मित्रबन्धु शर्मालाई खटाएको छ ।
नेपाल प्रहरीमा व्यवसायीक र कर्तव्यप्रति लगनशिल एसपी शर्माले अहिले सम्म पाएको जिम्मेवारी इमान्दारीताका साथ निभाउने अधिकृतका रुपमा परिचित छन् । डिएसपी रहँदा सातदोबाटो वृत्तको कमाण्ड सम्हाल्दा उनले त्यहाँको समाजले सम्झने लायकको काम गरेका थिए ।
जानकीको जन्मभूमी जनकपुरको सुरक्षा कमाण्ड सम्हाल्ने अवसर पाएका शर्माले यहाँ कस्तो कमाण्ड गर्ने हुन त्यो भने हेर्न बाँकी छ ।