धनगढीलाई राजधानी नतोकेको विरोधमा प्रदेशसभा बाहिर प्रदर्शन

रिपोर्ट नेपाल | 2018 Sep 26 | 03:32 pm 2006

धनगढी, असोज १० : धनगढीबाट राजधानी सार्न खोजेको भन्दै विरोध प्रदेशसभा भवन बाहिर प्रदर्शन गरेका छन् । संसदीय समितिले प्रदेश ७ को राजधानी गोदावरी नगरपालिका ४ मा तोकेको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् ।

राज्यले ठूलो लगानी धनगढीमा गरिसकेको अवस्थामा भू(माफिया र वन तस्करसँग मिलेर गोदावरीमा राजधानी तोक्ने प्रस्ताव राखिएको नागरिक समाजका प्रतिनिधि हरी रेग्मीले बताए ।

धनगढी उप(महानगरपालीकाका प्रमुख नृपबहादुर वडले राज्यले करोडौ लगानी धनगढीमा लगाएको बताए । उनले भने,’सुनियोजित रुपमा तस्करहरु मिलेर वन फडानी गरेर संरचना बनाउनु गलत हो ।’

देश ७ को नाम र राजधानीबारे सुझाव संकलन गर्न गठित समितिले मंगलवारको प्रदेश सभा बैठकमा नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ राख्न सुझाव सहितको प्रतिवेदन पेश गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.