दोहोरो नागरिकता र राहदानी भएका व्यक्ति पक्राउ

| 2022 Nov 04 | 07:56 pm 1649

काठमाडौं, कात्तिक १८ः काठमाडौं महानगरपालिका-३ महाराजगंजस्थित अमेरिकन राजदुतवास नजिकबाट दुई वटा नागरिकता र राहदानी सहित  उदयपुर बेलका नगरपालिका-७ घर भएका ४१ वर्षीय अशोक राई भन्ने ओम बहादुर राईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

राईले दोहोरो नागरिकता र दोहोरो राहदानी बनाई अमेरिका जान लागेको भन्ने सूचनाको आधारमा अमेरिकी दुतावाससँगको समन्वयमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले दुई वटा नागरिकता र राहदानी सहित उनलाई पक्राउ गरेको हो ।

उनलाई नागरिकता ऐन र राहदानी ऐन अन्तर्गतको कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा  पठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.