दैलेख, मंसिर १३: शुक्रबार दैलेखको गुराँस गाउँपालिका–४ मुग्राहमा माइक्रो बस दुर्घटना भएको छ।
सुर्खेतदेखि दैलेख आउँदै गरेको भे १ ज १०२९ नम्बरको माइक्रो बस शुक्रबार करिब पौने १२ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले जानकारी दिए।
दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ भने सातजना घाइते भएको छन्। घाइतेहरुको उद्धारका लागि रानीमत्ता प्रहरी चौकीको टोली र स्थानीयहरु खटिएका छन् ।
जिल्ला प्रहरी कार्यालयको अन्य टोली घटना स्थलतर्फ जाँदै पठाइएको दैलेखका प्रहरी प्रमुख वलीले बताए।
बस सडकवाट करिब ५ सय मिटर तल खसेको बुझिएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन र अन्य विवरण पनि बाँकी रहेको छ।