देशभर मौसम बदली, उच्च पहाडी जिल्लामा हिमपात

| 2021 Jan 05 | 08:25 am 2265

काठमाडौं, पुस २१ः जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार पनि देशभरको मौसम बदली भएको भएको छ । हिमाली र उच्च पहाडी जिल्लामा आज पनि हिमपात र अन्य केही ठाउँमा पानी पर्ने अनुमान छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसमी बुलेटिन अनुसार वाग्मती प्रदेशका एक र दुई ठाउँमा पनि हल्का पानी पर्ने अनुमान छ ।

पश्चिमी वायुको प्रभावका कारण गएको आइतबारदेखि देशभरको मौसम बदली भएको छ । यो प्रणालीको प्रभाव भोलिदेखि भने कम पर्ने छ ।महाशाखाका अनुसार भोलि वाग्मती, गण्डकी, लुम्बिनी, प्रदेश दुई र १ का धेरै ठाउँमा घाम लाग्ने पूर्वानुमान गरिएको छ । तर कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने भोलि पनि मौसम बदली भएर हिमपात र वर्षाको सम्भावना रहेको छ ।

आज काठमाडौंको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.