देश भर शिवलिङ्गमा जल चढाउन भक्तजनको घुईचो

रिपोर्ट नेपाल | 2019 Jul 22 | 01:16 pm 2383

  • महेश सिंह महतो

सिरहा, साउन ६: देशका विभिन्न ठाउँहरुमा आज सोमबार शिवलिङ्गहरुमा जल चढाइएको छ । सिरहाको मिर्चैया नगरपालिका वडा न ९ स्थित शिव मन्दिरमा साउन महिना धेरै भिड, मेला पनि लाग्ने गर्छ ।

साउन हिन्दू धर्मावलम्बीका लागि विशेष महिना मानिन्छ । यस महिनामा भगवान शिवको आराधना र पूजा गर्ने महिनाको रुपमा चिनिन्छ । धेरै महिलाहरु साउनमा उपवास पनि बस्ने गर्छन् ।

साउन महिनाको अर्को आकर्षण हो, बोलबम यात्रा । शिवभक्त हिन्दू धर्मावलम्बीहरु पहेँलो पोशाक लगाएर खाली खुट्टा लामो बाटो पैदल हिँडेर बोलबम यात्रा गर्छन् । साउन महिनाको सोमबार अझै विशेष मानिन्छ ।

भक्तजनहरु बन्दिपुर स्थित कमला नदिको उतरबाहिनीबाट जल ल्याइ विभिन्न शक्ति पिठहरुमा चढाउने परम्परा छ । उतरबाहिनी नदिदेखि मिर्चैया र सिरहाको आ–आफ्नो ठाउँसम्म बोलबम भन्दै बाटोमा कहिँ पनि कामरमा जल बोक्न बनाइएको बाँसको सामाग्री कतै नराखी शिव मन्दिर सम्म लाएर विधि बिधान अनुसारले जल चढाइन्छ ।

यहाँ सोमबार पूजाआजा गर्नेहरुको बाक्लो भीड लाग्छ । त्यतिमात्रै होइन । उतर बाहिनि देखि बोलबम यात्रा सुरु गर्ने वा अन्य जलासयहरुबाट बोलबम यात्रा गरिन्छ ।

यो सोमबार पनि सिरहाको विभिन्न शक्ति पिठहरु बोलबम यात्रीहरु भेटिए । बोलबम यात्रीमा बालकदेखि वृद्धसम्मको सहभागिता थिए ।

हरेक शक्ति पिठ्हरुमा भक्तजनहरुलार्इ आकर्षशीत घुइँचो बनाउको लागि विभिन्न किसिमको पुरस्करको ब्यवस्था पनि गारिएको थियो।

यसै सिलसिलामा शिव मन्दिरमा यो साउनमा पहिलो सोमबारदेखि अन्तिम सोमबार सम्म पुजा तथा नाच गान शिव मन्दिर मेला कमिटीका अध्यक्ष शिव कुमार महतोका अनुसार हरेक भक्तजनहरुका लागि निःशुल्क प्राथमिक उपचारका लगायत ब्यवस्था गरिएको छ ।साथै यो मेलामा स्थानीय युवाहरुको पनि भुमिका रहेका छन् ।

साउनको हरेक सोमबार निराहार वर्त बसी बिहान सबेरै स्नान गरेर बेलपत्र तथा गङ्गाजल शिवमन्दिरमा चढाउनाले पूण्य आर्जन हुने जनविश्वास रहेको छ । धर्मशास्त्रमा साउन महिनालाई मानिएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.