देव खनालको कप्तानीमा यू–१९ एसीसी प्रिमियर कपका लागि टिम घोषणा

| 2023 Oct 04 | 05:54 pm 2145

काठमाडाैं, असोज १७ । मलेशियामा २५ असोज देखि शुरु हुन लागेको  यू-१९ एसीसी प्रिमियर कपको कप्तानी देव खनालले गर्ने भएका छन्।

नेपाल क्रिकेट संघ क्यानले  यू-१९ एसीसी प्रिमियर कपका लागि देव खनालको कप्तानीमा टिमको घोषणा गरेको हो।

क्यानले १६ सदस्यीय टोलीको घोषणा गरेको छ जसमा ४ जना बैकल्पिक खेलाडी समाेवेश छन् ।

नेपाली यू-१९ टोलीमा देव खनाल (कप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, उत्तम थापामगर, दीपक डुम्रे, दीपक बोहरा,  दीपेश कंडेल, दुर्गेश गुप्ता, हेमन्त धामी,  आकाश चन्द, विशाल केसी, सुवास भण्डारी,  र मिलन बोहरा रहेका छन्। वैकल्पिक खेलाडीहरुमा विपिन रावल, प्रज्वल थापा, राजेश यादव र निर्मल गुरुङ  रहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.