देउवालाई एकलौटी निर्णय गर्न दिनु गल्ती भएको नेतृ सुजताको स्वीकारोक्ती

रिपोर्ट नेपाल | 2020 Jan 06 | 08:31 am 2147

काठमाडौं, पुस २१ः नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् पूर्वपरराष्ट्रमन्त्री सुजता कोइरालाले आफ्नो टिमका साथीहरु केन्द्रीय समितिको बैठकमा नगएर सभापति देउवालाई एक पक्षिय निर्णय गर्न दिएकोमा दुःख व्यक्त गरेकी छन् ।

सोमबार बिहान संक्षिप्त कुरा गर्दै आफू त्यो बैठकका समयमा काठमाडौंमा नरहेको र साथीहरु बैठकमा गएर आफ्ना कुरा नराख्नु गल्ती भएको स्वीकार गरेकी छन् । सभापति देउवाले पनि बहुमतको धङधङीमा एकलौटी निर्णय गर्नु गलत भएको बताउँदै अबको बैठकमा सबैलाई बोलाउन पनि नेतृ कोइरालाले देउवा समक्ष आग्रह गरेकी छन् ।

इतिहासमा नेपाली कांग्रेस सबै भन्दा कमजोर हुँदा पनि नेतृत्वले ध्यान नदिएको नेतृ कोइरालाको आरोप रहेको छ । पार्टीको सभापति बन्ने दाउमा संगठनलाई कमजोर बनाउँदा भोलीका निर्वाचनमा कांग्रेसको पराजय निश्चित हुने कुरालाई पनि ख्याल गर्न नेतृ कोइरालाले नेतृत्वको ध्यानाकर्षण गराएकी छन् ।

अन्तराष्ट्रिय सम्बन्धका विषयमा राखिएको जिज्ञासामा नेपाली कांग्रेसको यतिखेर कुनै पनि देशसँग राम्रो सम्बन्ध नरहेको नेतृ कोइरालाको भनाई रहेको थियो । दुई छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध राख्न नसक्नु पार्टीको कमजोरी भएको उनको भनाई थियो ।

सिमा विावदका विषयमा कुटनीतिक छलफल वार्ता र संवादबाट गर्नुपर्ने कोइरालको भनाई रहेको छ । आफूलाई विदेश विभागको जिम्मेवारी दिएको भए अन्तराष्ट्रिय सम्बन्धलाई बलियो पार्ने र त्यसले सभापतिलाई नै राम्रो हुने थियो नेतृ कोइरालाको भनाई रहेको थियो । सिमा विवाद पुत्ला पोलेर र नाराजुलुश गरेर समाधान हुँदैन त्यसमा वार्ता संवार गरेर समस्या समाधान गर्नुपर्ने कोइरालाको भनाई रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.