दूध उत्पादक किसानले दूधको मूल्य बढाउन सरकारसँग माग

| 2019 Sep 01 | 06:56 am 1661

काठमाडाैं, भदाै १५ : दूध उत्पादक किसानले तत्काल दूधको मूल्य बढाउन सरकारसँग माग गरेका छन् ।

राजधानीमा शनिबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय व्यवसायी पशुपालन तथा दूध उत्पादक कृषक समाज, नेपालका अध्यक्ष आनन्द निउरेले प्रतिलिटर दूधको मूल्य १० रूपैयाँ बढाउन माग गरेका हुन् । उनले बिगत तीन वर्षदेखि दूधको मूल्य समान रहेकाले मुल्य बढाउन माग गरिएको बताए ।

उनले भने “अहिलेकै मूल्यमा दूध बेच्दा हाम्रो लागत मूल्य नै उठ्दैन”,  “सम्पूर्ण वस्तुको मूल्य पटकपटक बढ्दा पनि दूधको मूल्य बढेको छैन । त्यसैले दूधको मूल्य बढाउनु पर्दछ ।”

केन्द्रीय दुग्ध विकास बोर्ड र दुग्ध विकास संस्थानले नेपालमा दूध उत्पादक किसानको सहभागिता हुनुपर्ने, किसान निवृत्तिभरण र किसानको वर्गीकरणसहितको परिचयपत्र व्यवस्था गर्नुपर्ने, कृषि सहकारी र बचत ऋण सहकारीले एक प्रतिशत ब्याजदरमा कर्जा लगानी गर्न पाउनुपर्ने समाजले माग गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.