दुवई पठाईदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

| 2023 Jul 06 | 05:56 pm 1525

काठमाडाैं, असार २१ । आर्थिक मन्दीले सबै क्षेत्रलाइ पीडाबाेध बनाइरहेका बेला केही ठगहरू भने यसैलाइ भर्याङ बनाएर सर्वसाधारणलाइ ठगी गर्न व्यस्त छन् ।

अनेक लाेभ लालच र प्रभावमा पारी ठगी गरीरहेकै बेला सप्तरी  घर भई हाल भक्तपुर लोकन्थलीबस्ने  ३२ वर्षीय बिरु पौडेल नाम गरेका व्यक्तिले दुवइकाे आकर्षक तलवकाे लाेभ देखाइ ठगी गरेकाे आराेपमा काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेकाे छ ।

विजय चौलागाई लगायतका कैयाैं सोझासाझालाई ठगी गरेकाे भन्दै वैदेशिक राेजगार विभागमा  उजुरी परेकाे र विभागबाट पक्राउ गरी उपस्थित गराउन गरेकाे पत्राचारका आधारमा पाैडेललाइ पक्राउ गरी विभाग बुझाइएकाे प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.