पाँचथर, असार ३०: फालेलुङ गाउँपालिका-६ मा आज साँझ जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जना घाइते भएका छन्।
फिदिमबाट फालेलुङ जाँदै गरेको मे १ ज १२४० नं को जिप दुर्घटना हुँदा वडाध्यक्ष सुजाता वान्तावासहित पाँच जना घाइते भएका हुन्। घाइतेहरुलाई उपचारका लागि पाँचथर जिल्ला अस्पताल ल्याइँदै गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।