दुर्गा प्रसाईलाई कालोमोसो

| 2023 Oct 09 | 05:41 pm 6861

काठमाडाैं, असोज २२ । विभिन्न संचार माध्यमबाट खरो अभिव्यक्ति दिइरहने व्यवसायी दुर्गा प्रसाईँलाई राजधानीको कान्तिपथ स्थित एक होटेलमा केही युवाले कालो मोसो दलेका छन्।

होटेल एल्लो प्यागोडामा पत्रकार सम्मेलन गरिरहेका बेला केही युवाहरूले कालो मोसो दलेका हुन। प्रहरीले उनलाई कालो मोसो दल्ने युवाहरुको समूहलाई खोजी गरिरहेको जनाएको छ।

प्रसाईँले पछिल्ला दिनमा केही व्यापारिक समूह, राजनीतिक दल र तीनका नेताहरूको खरो रुपमा आलोचना गर्दै आएका छन्। उनले गरेका आलोचना सामाजिक सञ्जालहरूमा यत्रतत्र देख्न पाइन्छ ।

प्रसाईँले विगत केहि समय देखि  बैङ्क, सहकारी संस्था, लघुवित्तहरूको चर्को ब्याज नियन्त्रण, बैङ्किङ ऋण र व्याज मिनाहा जस्ता अभियान लिएर देशभर कार्यक्रम गरिरहेका छन्।  हिन्दु राष्ट्र, राजतन्त्र पुनर्बहाली र सङ्घीयता खारेजीको नारा पनि अघि सारेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.