दुम्कौली बजारमा शक्तिशाली बम बिष्फोट

रिपोर्ट नेपाल | 2019 Apr 17 | 07:01 pm 1856

नवलपरासी, वैशाख ४ :  महेन्द्र राजमार्गको व्यस्त दुम्कौली बजारमा बम बिष्फोट भएको छ । अज्ञात समूहले महेन्द्र राजमार्ग अन्तर्गत कावासोती–नारायणगढ खण्डको व्यस्त दुम्कौली बजारको राजमार्ग छेउमा बुधबार ५ बजे शक्तिशालि बम बिष्फोट गराएको हो । बिष्फोटबाट मानवीय क्षति भएको छैन ।

दुम्कौली बजारको उत्तरतर्फ राजमार्ग किनारमा शक्तिशाली बम बिष्फोट भएको स्थानीय विकास थापाले जानकारी दिएका छन् । चन्द नेतृत्वको नेकपा समूहले बिहीबारका लागि आव्हान गरेको बन्दको पूर्व सन्ध्यामा बम बिष्फोट भएका कारण सुरक्षा निकायले बिष्फोट उक्त समूहले नै गराएको हुनसक्ने आशंका गरेको छ ।

राजमार्गको उत्तरमा चौधरी उद्योग ग्राम रहेको छ भने पूर्व र दक्षिणमा बाक्लो वस्ती रहेको छ । प्रहरीले बिष्फोटबारे अनुसन्धान भइरहेको जनाएको छ ।

पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बम बिष्फोट घटनाको अनुसन्धानमा प्रहरी खटाईसकेको जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.