दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चौधरी पक्राउ

| 2022 Aug 28 | 05:53 pm 1817

काठमाडौं, भदाै १२ः दुबई पठाइदिन्छु भन्दै नगद ३८ लाख रुपैयाँ ठगी गरेको अभियोगमा नवपलरासी(पश्चिम) प्रतापपुर गाउँपालिका-२ गोपिगञ्ज घर भई काठमाडौं गोंगबु बस्ने ५४  वर्षीय भोज बहादुर चौधरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

दुबई पुगेपछि आर्मस गार्डमा नगद १ लाख रुपैयाँ तलबमा काम लगाइदिन्छु भनी प्रलोभनमा पारी पीडितहरूबाट ३८ लाख रुपैयाँ लिई फरार रहेका चौधरीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं सामाखुशीबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.