दुई समुहबीचको झडपमा एकको मृत्यु

रिपोर्ट नेपाल | 2019 May 04 | 05:49 pm 2046

ललितपुर, वैशाख २१: पुल्चोकमा दुई युवाहरुको समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ ।

उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । शुक्रबार साँझ ललितपुर महानगरपालिका–३ पुल्चोकस्थित सुमेरु अस्पताल नजिकको गल्लीमा दुई समुहबीच ग्याङ फाइट परेको थियो ।

१२–१४ जना युवाहरुको समूहबीच भएको झडपमा २० वर्षका अन्सल शाक्यको मृत्यु भएको हो । झडपमा परी घाइते भएका शाक्यलाई ६ः४५ बजे सुमेरु सिटी अस्पताल पुर्याइएको थियो । तर, ७ बजे चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । शाक्यको टाउको, छातिलगायतका स्थानमा धारिलो हतियार प्रहार भएकोले गम्भीर चोट लागेको थियो ।

प्रहरीका अनुसार ती दुई समूहबीचको झडप केटीको विषयमा भएको बताए। महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता डीएसपी नारायणप्रसाद चिमोरियाका अनुसार झडपमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.