दुई वडा कार्यालयमा चन्द नेकपाले आगो लगाए

रिपोर्ट नेपाल | 2019 Jun 25 | 09:57 am 2065

अछाम असार १०ः सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याको विरोधमा नेपाल बन्दको आव्हान गरेको नेत्र विक्रम चन्द नेतृत्वको माओवादीले अछाम जिल्लाको एक नगर र गाँउपालिकाको वडामा आगजनी गरेका छन । रिपोर्ट नेपाललाई प्राप्त जानकारी अनुसार पंचदेवल नगरपालिका वडा नं. ३ को वडा कार्यालयमा आगजनी हुँदा एकथान कम्प्युटर, प्रिन्टर, कुर्सी टेवल र कागजात जलेर नष्ट भएका छन । घटनाको विवरण थाहा पाउनासाथ ठूलो संख्यामा प्रहरी परिचालन गरीए पनि कसैलाई नियन्त्रणमा लिन प्रहरीले सकेको छैन । त्यसैगरी अछाम जिल्लाकै ढकारी गाँउपालिकाको वडा नं. ५ को वडा कार्यालयमा पनि पेट्रोल छर्किएर आगजनी गरीएको छ । आगजनीबाट वडा कार्यालय ध्वस्त भएको छ । वडा कार्यालय नजिकै जंगल भएका कारणले आगजनी गर्नेहरु जंगल तिर भागेको प्रहरीले अनुमान लगाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.