सिरहा, कार्तिक १३ : नापी कार्यालय लहानका सर्वेक्षक देवनारायण चौधरी दुई लाख घुससहित पक्राउ परेका छन् । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा कार्यालयबाटै चौधरीलाई पक्राउ गरेको हो ।
एक सेवाग्राहीको श्रेस्तामा १ बिघा ३ कठ्ठा जग्गा हुनुपर्ने कर्मचारीको लापरवाहीले १ कठ्ठा ३ धुर लेखिएको थियो। त्यही श्रेस्ता सच्चयाउन सर्वेक्षक चौधरीले सेवाग्राहीसँग पाँच लाख घुस मागेको अनुसान्धबाट खुलेको छ।
सेवाग्राहीको सहयोगमा ती कर्मचारीलाई नियन्त्रणमा लिएको अख्तियार टोली प्रमुख प्रहरी नायब उपरीक्षक प्रेम सागर केसीले बताए। एक वर्षदेखि उक्त रकमका लागि सेवाग्राहीसँग चौधरीले बार्गेनिङ्ग गर्दै आएको समेत केसीले बताए।