दुई पेस्तोल र ५६ राउण्ड गोलीसहित दुई पक्राउ

रिपोर्ट नेपाल | 2018 Jul 16 | 05:09 pm 2393

काठमाडौं, असार ३२ : दुई वटा पेस्तोल र ५६ राउण्ड गोलीसहित दुई जना युवक पक्राउ परेका छन् ।  महानगरीय प्रहरी परिसर ललितपुरले पेस्तोल बिक्रीमा संलग्नको आशंकामा उनीहरुलाई ललीतपुरको नखीपोटबाट पक्राउ गरेको हो ।

पेस्तोलसहित हिँडिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक गणेश एैरले जानकारी दिए । प्रहरीले पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरेको छैन । यसअघि आइतबार पनि प्रहरीले जर्मन पेस्तोल बिक्री गर्न हिँडेका ३ जनालाई ललितपुरको नख्खिबोटबाटै पक्राउ गरेको थियो । सोमबार पक्राउ परेकाहरु पनि सोही समूहको भएको प्रहरीको अनुमान छ ।

आइतबार ताप्लेजुङ जिल्ला वाङरुक गाउँपालिका स्थायी घर भई ललितपुर नख्खीपोट बस्ने ३६ बर्षिय हेमराज पौडेल, दोरम्भा डडुवा गाउँपालिका १ स्थायी घर भई हाल ललितपुर नख्खीपोट बस्ने ३० बर्षिय अँशुराम मोक्तन र रामेछाप लिखु गाउँपालिका १ स्थायी घर भई काठमाडौं घट्टेकुलो बस्ने २४ बर्षिय कृष्णबहादुर जोगी पक्राउ परेका थिए

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.