दुई दिनपछि कांग्रेस नेता भण्डारी काठमाडौं आउँदै

| 2023 Apr 28 | 01:23 pm 2969

काठमाडौं, बैशाख १५ः नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका सदस्य चन्द्र भण्डारी दुई महिना बढीको उपचारपछि बैशाख १७ गते आइतबार काठमाडौं आउने भएका छन् ।

गत फागुन ५ गते राती आफ्नै निवासमा ग्यास लिक भएर लागेको आगलागीबाट सक्त घाइते भएका नेताको मुम्बइमा उपचार भइरहेको छ ।

दुई महिना लामो उपचार पछि स्वास्थ्यमा राम्रो सुधार भएकोले नेता भण्डारीको थप उपचार नेपालमै गर्ने इच्छा बमोजिम ल्याउन लागिएको बुझिएको छ ।

आगोले जलेर सक्त घाइते भएका नेता भण्डारीले सुरुमै नेपालमै उपचार गर्ने जिद्धी लिएका थिए । चिकित्सकले सम्भावना नभएको र नेताहरुको दबाबमा उपचारका लागि मुम्बइगएका थिए ।

१७ गते फर्किएपछि भण्डारी आफ्नै निवासमा बस्ने र उपचारका लागि अस्पताल जाने आउने गर्ने बताइएको छ । भण्डारीलाई भेट्न कांग्रेसका थुप्रै नेता कार्यकर्ता र शुभचिन्तक मुम्बइ पुगेका थिए ।

नेता भण्डारी आउने दिन स्वागत गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल थुप्रै शुभचिन्तक जाने पनि जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.