दुई जना स्वतन्त्र सांसद जसपामा प्रवेश

रिपोर्ट नेपाल | 2023 Jan 22 | 04:18 pm 1773

काठमाडाैँ, माघ ८ः महोत्तरी जिल्लाको क्षेत्र नं. २ (ख) बाट निर्वाचित स्वतन्त्र सांसद सरिता साह र पर्सा जिल्लाको क्षेत्र नं. ३ क बाट निर्वाचित स्वतन्त्र सांसद प्रमोदकुमार जैसवाल जनता समाजवादी पार्टी, नेपालमा प्रवेश गरेका छन् ।

आज पार्टी केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले सांसदद्वयलाई अवीर र खादा लगाएर पार्टी प्रवेश गराएको सो पार्टीका प्रचार विभागका प्रमुख पूर्ण बस्नेतद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.