दुई कोरियाबीच उच्चस्तरीय बैठक हुदै

रिपोर्ट नेपाल | 2018 Jun 01 | 10:25 am 3754

सोल, १८ जेठ : उत्तर र दक्षिण कोरियाको मन्त्रीस्तरको उच्चस्तरीय बैठक शुक्रबार बस्ने भएको छ । यसअघि उत्तर कोरियाले एकतर्फी रुपमा सो वार्ता स्थगित गरेको थियो ।

शुक्रबार दक्षिण कोरियामा पर्ने एक सीमाक्षेत्रीय गाउँ पानुमजोममा सो बैठक बस्ने भएको हो । उत्तर र दक्षिण कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित सो बैठक यसअघि उत्तर कोरियाले एकतर्फी रुपमा अकस्मात स्थगित भएको जानकारी दिएको थियो ।

उत्तर कोरियाले दक्षिण कोरियामा जारी रहेको दक्षिण कोरिया र अमेरिकाको सैन्य अभ्यासको विरोधगर्दै सो बैठक नबस्ने जनाएको थियो
तर त्यसयता भने यी दुई देशबीचको सम्बन्धमा सुधार आएको बताइएको छ । उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित एक प्रतिनिधिमण्डल यस वार्ताका लागि उक्त पानुमजोम भिलेज पुगेको छ ।

सोही प्रतिनिधिमण्डलले उच्चस्तरीय बैठक पनि आयोजना गर्ने सहमति गरेको थियो । यो बैठका दुई कोरियाका मन्त्रीस्तरमा हुने समाचारमा जनाइएको छ । दुई कोरियाबीच गत अप्रिल २७ मा शान्ति सम्झौता भएको थियो । तर पछि परिस्थितिमा सकारात्मक परिवर्तन आएको छ ।

मे २५ मा यी दुई शका उच्च नेताहरु दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र उत्तर कोरियाली नेता किम जोङ उनबीच पुनः भेटवार्ता भएको थियो । त्यस भेटमा दुई देशको अघिल्लो शान्ति सम्झौताको कार्यान्वयन गर्ने र अमेरिकासँगको उत्तर कोरियाको वार्ताका लागि सकारात्मक वातावरण बनाउने विषयमा सहमति भएको बताइएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा उच्चस्तरीय बैठक हुन लागेको छ । त्यसअघि उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीहरुबीचको यस बैठकलाई महत्वपूर्ण रुपमा लिइएको छ ।

यस वार्ता दुई देशको मन्त्रीस्तरमा हुने भएको हो । वार्ताका लागि पानुमजोम जानुअघि सम्वाददाताहरुसँग दक्षिण कोरियामा एकता मन्त्री च्यो म्यान गोले भने– हामीले आगामी अमेरिका उत्तर कोरिया वार्ता र कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि आवश्यक छलफल गर्नेछौँ । रासस/एएफपी

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.