दुइ बलत्कारी प्रहरीकाे फन्दामा

| 2023 Jul 04 | 05:14 pm 1413

कञ्चनपुर, असार १९ ।   १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दोधारा चाँदनी नगरपालिका-९ बस्ने २१ वर्षीय पवन प्रसाद उपाध्याय र २६ वर्षीय अमर बहादुर खत्रीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई सोही नगरपालिका-५ हेल्थपोष्ट प्रकृति शुद्द डेरीको कोठाभित्र आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ तुल्सीपुर उपमहानगरपालिका-१७ बस्ने ४२ वर्षीय बीर बहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । विकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय  होलेरी राेल्पाले  उनलाई पक्राउ गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.