दिउँसोको समयमा चोरी गर्ने व्यक्ति पक्राउ

रिपोर्ट नेपाल | 2022 Dec 17 | 08:24 am 1037

काठमाडौं, पुस २ः दिउँसोको समयमा चोरी गर्ने एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरको छ । पक्राउ पर्नेमा गोरखा बारपाक सुलिकोट गाउँपालिका १ ढुङ्गेधारा घर भई हाल काठमाडौं टोखा नगरपालिका ८ बानियाटार बस्ने २६ वर्षिय डिल बहादुर घले रहेका छन् ।

उनले मिति २०७९ मंसिर १८ गते कामनपा १६ बनस्थली स्थित पवित्रा बानियाको घरको ढोका फोडी सुनका विभिन्न गरगहना २६ तोला, नगद १ लाख १४ हजार र सोही घरमा डेरा गरी बस्ने केदार नाथ ढकालको कोठाको ढोका फोडी सुनका विभिनन गरगहना १३ तोला, नगद ५७ हजार समेत चोरी गरेका थिए ।

चोरी भएको भनि प्रहरी कार्यालयमा निवेदन प्राप्त भएकोमा उक्त घटनाको अनुसन्धानको क्रममा घले संलग्नता रहेको अनुसन्धानबाट खुल्न आएकोले प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय गोरखाको समन्वयमा मंसिर २९ गते गोरखा नपा ६ स्थित फेला पारी पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत बालाजु पठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.