दाेलखामा पहिराेले १० घर बगाउँदा २ जना बेपत्ता

रिपोर्ट नेपाल | 2019 Aug 03 | 10:33 am 1912

दोलखा, साउन १८:  लगातारकाे अविरल वर्षासँगै जिल्लाको गौरीशंकर गाउँपालिका–१ जुगुको झगडेमा भीषण पहिरो गएको छ । शुक्रबार राति पहिरो जाँदा  १० घरमा क्षति पर्याएका छन् ।

इलाका प्रहरी कार्यालय मैनापोखरीका प्रहरी नायब निरीक्षक ( सई) बद्री नेपालीले दिएकाे जानकारी अनुसार पहिरोको कारण २ जना सम्पर्कविहीन भएको बताए ।

बेपत्ता हुनेमा सोही ठाउँका ५५ वर्षीय जगतबहादुर खत्री र १६ वर्षीय निशान खड्का रहेको सई नेपालीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.