दार्चुलाको शैल्यशिखरमा तीन राउण्ड हवाई फायर

| 2022 Nov 20 | 03:07 pm 1421

दार्चुला, मंसिर ४ः दार्चुलाको शैल्यशिखर नगरपालिकामा ३ राउण्ड हवाई फायर हुँदा मतदान कार्य स्थगित भएको छ ।
शैल्यशिखर नगरपालिका–५ मालिकार्जुन मावि ग्वानी बगौरा मतदान केन्द्रमा ३ राउण्ड हवाई हुँदा मतदान कार्य स्थगित भएको हो ।

मतदान सञ्चालनका लागि पहल भइरहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । मत हाल्न पुगेका एक जना मतदाताको मत पहिल्यै अरुले हालेको पाएपछि विवाद सुरु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.