दार्चुलाकाे मार्मामा ट्याक्टर दुर्घटना हुदाँ १ को मृत्यु, ५ घाइते

रिपोर्ट नेपाल | 2020 Aug 26 | 03:42 pm 2069

दार्चुला, भदाै १०ः जिल्लाको मार्मामा ट्याक्टर दुर्घटना हुदाँ १ जनाको मृत्यू भएको छ भने ५जना घाइते भएका छन् । मृत्यु हुनेमा मार्मा गाउँपालिका ६ का स्थानिय ब्यापारि गणेशसिंह बिष्ट रहेको एलाका प्रहरी कार्यालय लटिनाथले जनाएको छ ।

से ४क ४०४७ नम्बरको उक्त ट्याक्टर बुधबार बिहान मार्मा गाउँपालिकाको लटिनाथ बजारबाट खुद्रा सामान बोकेर अपिहिमाल गाउँपालिकाको मकरिगाड जाँदै गर्दा  मार्मा ६ लिस्नामा दुर्घटना भएको प्रहरी निरिक्षक कमल बिष्टले बताए ।

उक्त दुर्घटनामा परी घाइते हुनेहरुमा मार्मा २ का १६ बर्षीय बिकास नेपाली, १९ बर्षीय कृष्ण नेपाली, २२ बर्षीय सागर नेपाली, मार्मा १ का ५३ बर्षीय रामसिंह महर र अपिहिमाल गाउँपालिकाका बिरसिंह लोथ्याल रहेका छन् ।

घाइते सबैजनाको गोकुलेश्वर अस्पतालमा उपचार भैरहेको छ भने मृतकको शव गोकुलेश्वर अस्पतालमा पोष्टमार्टम गरिएको छ । घाइतेहरुमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने अरु ३ जनाको अवस्था सामान्य रहेको छ । चालक कमल लामा प्रहरीको नियन्त्रणमा रहेकाे प्रहरीले जनाएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.