दाजुको कुटाईबाट भाईको मृत्यु

| 2022 Jul 21 | 07:32 am 2181

स्याङ्जा, साउन ५ः स्याङ्जाको भीरकोटमा सामान्य बिबादका बिच हानहान हुँदा एकजनाको मृत्यु भएको छ । गए राती भीरकोट नगरपालिका वडा नम्वर ३ रिजुका ४५ बर्षीय श्यामबहादुर रोकाको ज्यान गएको हो ।

खाना खाने क्रममा बिबाद हुँदा दाजु पर्ने ५० बर्षीय यामबहादुर रोकाको कुटाईबाट श्यामको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रबिन्द्र खनालले जानकारी दिए ।

घाईते श्याम बहादुरको उपचारका क्रममा कालिका सामुदायिक अस्पतालमा उपचारका क्रममा राती नै ज्यान गएको प्रहरीले जनाएको छ । आरोपित याम बहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भईरहेको बताईएको छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.