दाङमा बस दुर्घटना : एक जनाको मृत्यु, २८ घाईते

रिपोर्ट नेपाल | 2019 Mar 18 | 06:36 pm 2064

दाङ, चैत ४ :  दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २८ घाईते भएका छन्। सोमबार दिउँसो ना ४ ख ६०९४ नम्बरको बस दुर्घटनामा पर्दा सहचालक रोल्पाका २२ बर्षीय हर्कबहादुर पुनको उपचारको क्रममा मृत्यु भएको हो।

दिउसो दाङ घोराही उपमहानगरपालिका १३ बाह्रकुने दह नजिकै घोराही होलेरी सडक खण्डमा सो दुर्घटना भएको थियो। बसमा सवार ३४ जना यात्रुमध्ये २८ घाईतेहरुको उपचार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भएको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.