दाङमा ट्रकर र बस ठोक्किँदा बस चालकको मृत्यु

रिपोर्ट नेपाल | 2018 Dec 26 | 07:09 pm 1975

दाङ, पुस ११ :  बुधबार दाङको लमही–८ गणेशपुरस्थित पूर्वपश्चिम राजमार्ग सडकखण्डमा बस र ट्रक एक आपसमा ठोक्किँदा बस चालकको ज्यान गएको छ ।

भारतको दिल्लीबाट आउँदै गरेको र बुटवलतर्फ जाँदै गरेको ना६ख ८४४४ नम्वरको बसलाई चन्द्रौटादेखि अत्तरियातर्फ जाँदै गरेको ना६ख ५२६० नम्वरको ट्रकले ठक्कर दिँदा बसचालक तनहुँको कोटावार गाउँपालिका–७ का ४५ वर्षीय कृष्णबहादुरु सारु मगरको मृत्यु भएको हो ।

उनी कोहलपुर–११ म डेरा गरी बस्दै आएका थिए । उनको उपचारका क्रमममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।

ट्रक चालक दलललाई नियन्णमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.