दाङमा गाेली चल्याे

रिपोर्ट नेपाल | 2021 Jun 11 | 01:35 pm 2273

दाङ, जेठ २८: कुलो निर्माणको क्रममा तुलसीपुर उपमहानगरपालिकाको वडा नं ८ मा रहेको गतेखोला–बुटनियामा गोली चलेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

कुलो निर्माणको क्रममा जग्गा विवाद हुँदा स्थानीय कुलबहादुर वलीले पेस्तोल पड्काएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक केसीले बताए।

उनले कुलोको जग्गा विवादमा गोली चलाउने वलीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिसकेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.