दाङमा एक व्यवसायीको छुरा प्रहार गरी हत्या

रिपोर्ट नेपाल | 2018 Dec 02 | 05:39 pm 2399

दाङ, मंसिर १६ :  दाङमा एक व्यवसायीको हत्या गरिएको छ । चक्कु प्रहार गरि घोराही उपमहानगरपालिका १३ का ४५ वर्षीय नन्दबहादुर घर्तिको हत्या भएको हो ।

छुरा प्रहारबाट घाइते घर्तीमगरको उपचारका क्रममा अस्पतालमा निधन भएको प्रहरीले जानकारी दिएको छ । घटनास्थलमा घर्तीको शरीरमा प्रहार भएको चक्कु समेत फेला परेको प्रहरीले जनाएको छ ।

हत्या भएका घर्ति रोल्पा माडी गाउँपालिका ६ कोर्चाबाङका बासिन्दा हुन् । उनले घोराही उपमहानगरपालिका वडा नम्बर १४ नयाँ बसपार्कको माथिल्लो सेवार पुल नजिकै माडी हार्डवेयर पसल सञ्चालन गर्दै आएका थिए ।बिहिबार साँझ एक जनाले ५ लाख रुपैयाँको हार्डवेयरको सामान खरिद गरेको र २ लाख ५४ हजार रुपैयाँ अपुग भएपछि केही विवाद भएको प्रहरीले जनाएको छ ।

सामान खरिद गर्न आएका रोल्पा तालाबाङका अमर खत्रीलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । उनी पनि घाइते रहेकाले घटनमा उनको सग्लनताको आशंकामा प्रहरीले छानविन अघि बढाएको जानकारी दिएको छ ।

 

Name *

Email *

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.