दसैंका लागि अग्रिम टिकट बुकिङ असोज ५ गतेदेखि खुल्ने

| 2019 Sep 12 | 03:51 pm 1527

काठमाडौं, भदौ २६ : दसैँका लागि असोज ५ गतेदेखि अग्रिम बस टिकट बुकिङ खुल्ने भएको छ।

यातायात व्यवस्था विभागमा आज बसेको विभागका अधिकारी, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले असोज ५ देखि अग्रिम बस टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो।

यस पटकको दसैँमा नयाँ यातायात भने थपिएको छैन। दसैँ तिहारका लागि हालको प्रचलित भाडाअनुसार नै टिकट बुकिङ हुने विभागले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.