दशैंका लागि घर जान अग्रिम टिकट बुकिङ अन्योलमा

| 2018 Sep 05 | 07:01 pm 2124

काठमाडौं, भदौ २० :  दशैं, तिहार र छठ पर्व लक्षित अग्रिम टिकट बुकिङ अनिश्चित बनेको छ । यातायात ब्यवसायी र सरकारबीच बुधबार यातायात व्यवस्था विभागमा भएको छलफलमा ठोस सहमती नजुटेपछि अग्रिम टिकट बुकिङ अन्यौलमा परेको हो ।

छलफलमा ब्यवसायीले भाडा समायोजन र सरकारबाट रोक्का गरिएको बैंक खाता नखोल्दासम्म अग्रिम बुकिङ नखुलाउने अडान राखेका थिए । भाडा समायोजनका विषयमा सरकार लचिलो देखिएपनि रोक्का भएको बैंक खाता खोल्ने विषयमा भने यातायात व्यवस्था विभागले निर्णय लिन नसक्ने बताएको छ ।

मन्त्रिपरिषद बैठकबाट रोक्का भएको बैंक खाता बारे आवश्यक निर्णय गरेपछि मात्रै यसबारेमा ठोस सहमती हुने विभागको भनाई छ ।व्यवसायी र सरकारी पक्ष दशै अघि नै भाडा समायोजन गर्ने बारे सहमत देखिएपनि बैठकले मिति निश्चित गर्न सकेको छैन ।

यातायात ब्यवसायी र सरकारबीच शुक्रबार पुनः वार्ता हुने बताइएको छ । काठमाडौं उपत्यकाबाट दशैंको समयमा मात्र २० लाख भन्दा बढी यात्रु बाहिरिने गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.