दश महाविधाले मात्रै देश बच्ने तान्त्रिक तिमिल्सीनाको दावी

रिपोर्ट नेपाल | 2019 Mar 10 | 03:13 pm 3927

काठमाडौं, फागुन २६ : प्रख्यात तान्त्रिक पण्डीत विहङ्मराज तिमिल्सीनाले वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको राजग्रहका कारण उनको सरकारलाई कसैले विस्थापीत गर्न नसक्ने बताएका छन् ।

रिपोर्ट नेपालका कार्यकारी सम्पादक महेन्द्र पाण्डेयले तान्त्रिक तिमिल्सीनसँग राखेको जिज्ञासामा देश अत्यन्तै संकटमा छ वर्तमान सरकारले विभिन्न ग्रहका कारण काम गर्न नसकेको बताउँदै दश महाविधाको शक्तिबाट देशलाई बचाउनु पर्ने बताएका छन् ।

विभिन्न दलभित्र आपसी विवाद सरकारकै दलभित्र आन्तरिक विवाद भएको र त्यसलाई समाप्ती पार्नको लागि राष्ट्रिय सहमतिको आधारमा सबै नेतालाई एक बनाई दश महाविधा शक्ति जगाउनु पर्ने तान्त्रिक तिमिल्सीनाको भनाई रहेको थियो ।

पूर्वराजा ज्ञानेन्द्रदेखि विद्रोह गरिरहेका नेत्रविक्रम चन्दलाईसमेत सहमतिमा ल्याई दश महाविधा शक्तिको मन्त्र गर्नुपर्ने कुरामा जोड दिएका छन् । यस अघि पनि तान्त्रिक तिमिल्सीनाले गरेको भविष्यवाणी विभिन्न संचार माध्यममा प्रकाशित भई उक्त वाणी पुगेको थियो ।

ज्योतिष तान्त्रिकका रुपमा नेपाली सेनामा झण्डै सत्र वर्ष काम गरेका तिमिल्सीनालाई अहिले पनि देशका बडे बडे राजनेता देखि सेना, प्रहरी र प्रशासनीक क्षेत्रका मानिस आफ्ना विषयमा बुझ्न र उपचार गराउन जाने गरेका छन् ।

कास्कीका अघौं कालिकामा जन्मेर पोखरा लेखनाथमा बसोबास गर्ने तिमिल्सीना अहिले काठमाडौंको बिजुली बजार स्थित कृष्णटावर नजिकै बस्ने गरेका छन् ।

नेपाली काँग्रेसका सभापति सुशिल कोइराला प्रधानमन्त्री नबने दल बाहिरबाट प्रधानमन्त्री बन्ने ठोकुवा गरेर चर्चामा आएका तिमिल्सीनाको भविष्यवाणी खिलराज रेग्मी सरकार प्रमुख भएपछि सबै चकित परेका थिए ।

बिख्यात तिमिल्सीनाको विचित्रमय भविष्यवाणी पटक पटक ठ्याक्कै मिलेका कारण यस पटक हामीले पनि केही कुरा गर्ने जमर्को गरेका छौं । पण्डीत तान्त्रिकका फोन नम्बर ९८४१३१४१२० मा समेत सम्पर्क गर्न सकिन्छ ।

भिडियाे 

Posted by Report Nepal on Sunday, March 10, 2019

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.