दश दिनपछि को बन्ला प्रहरी महानिरीक्षक ?

रिपोर्ट नेपाल | 2020 Feb 02 | 11:15 am 7584

काठमाडौं, माघ १९: प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित तीन जना अतिरिक्त महानिरीक्षक र १७ जना नायब महानिरीक्षाको पद खाली हुने केही दिन मात्र बाँकी रहँदा सुरक्षा सम्बन्धि चासो राख्नेहरुले भावी आइजीपी को बन्ला भनेर चर्चा परिचर्चा गर्न थालेका छन् ।

प्रहरी नियमावलीमा रिक्त महानिरीक्षकको पदपूर्ति अतिरिक्त महानिरीक्षकबाट गर्ने भनिएता पनि त्यो पद समेत रिक्त रहेको अवस्थामा नायब महानिरीक्षकबाट समेत गर्न सक्ने व्यवस्था छ । वर्तमान महानिरीक्षक सर्वेन्द्र खनाल र त्यस अघिका प्रकाश अर्याल नायब महानिरीक्षकबाट सिधै महानिरीक्षक बनेका अधिकृत हुन् ।

सर्वेन्द्र खनालको अवको दश दिनमा हुने ३० वर्षे सेवा अविधिको समाप्तिपछि पनि नायब महानिरीक्षकबाट सिधै महानिरीक्षक बन्ने निश्चित प्रायः छ ।

दश दिनपछि नेपाल प्रहरीको कमाण्ड कसले संम्हाल्न आउँला भन्ने चर्चा चले पनि सरकार भने विवादको भूमरीमा नपर्ने भएको छ ।

नेपाली कांग्रेसको नेतृत्वमा सरकार भएका समय सिनियर नवराज सिलवाललाई नबनाएर विवाद भएको र त्यसको परिणाम जनताले निर्वाचनमा दिएको कुरालाई राम्रोसँग बुझेका प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रता र दक्षतालाई नै हेर्छन भन्ने कुरामा दुई मत छैन ।

हाल चर्चामा रहेका नायब महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, तारीणी लम्साल र सूर्य उपाध्याय मध्येबाट महानिरीक्षक बन्ने हुँदा यि मध्ये सबै कुरामा दक्षता भएका र अग्रता रहेका ठाकुरप्रसाद ज्ञवाली नै भावी महानिरीक्षक बन्ने कुरामा कुनै शंका छैन ।

डिआइजीबाट आइजीपी बनाउँदा ज्येठता, कार्यक्षमता र कार्य सम्पादनलाई मुख्य आधार बनाइन्छ । जसमध्ये ज्ञवाली नेपाल प्रहरीको जागिरे इतिहासमा आजका दिनसम्म अनुसन्धानमा योग्य, कार्यकुशलतामा सक्षम, कार्य क्षमता र उत्तरदायित्व बहन गर्नेसक्ने अधिकृत हुन् ।

२०४७ साल असार २५ गते नेपाल प्रहरीमा निरीक्षकबाट सेवा सुरु गरेका ठाकुर ज्ञवाली ज्येष्ठता, कार्यक्षमता र कार्य सम्पादन मूल्याङ्कनमा अग्र भएका डिआइजी भएकाले सरकारले भावी आइजीपी ज्ञवालीलाई नै बनाउने कुरामा नेपाल प्रहरीका पूर्व प्रमुखलगायत बहालवाला अधिकृतहरु ढुक्क देखिन्छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.