दलितमुक्ति आन्दोलन मानवमुक्ति आन्दोलन भएको डा. भट्टराईको दाबी

रिपोर्ट नेपाल | 2019 Sep 05 | 04:14 pm 1815

काठमाडौं, १९ भदौ :  संघिय समाजवादी पार्टी, नेपालका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले दलितमुक्ति आन्दोलन मानवमुक्ति आन्दोलन भएको दाबी गरेका छन् ।

सातै प्रदेशका प्रदेशसभा सदस्यसहित राष्ट्रियसभा तथा प्रतिनिधिसभाका सांसद, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, नगरपालिकाका प्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष सम्मिलित समता फाउण्डेशनद्वारा आज यहाँ आयोजित ‘दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका’ विषयक राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै डा. भट्टराईले सो कुरा बताएका हुन् ।

उनले सदियौँदेखि आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा पछाडि पारिएको दलित समुदायको अधिकारका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए । सो सम्मेलन शुक्रबारसम्म चल्ने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.