दलित युवतीलाई कोठा भाडामा नदिने घरबेटी पक्राउ

| 2021 Jun 20 | 02:43 pm 2793

काठमाडाैं, असार ६ः दलित युवतीलाई कोठा भाडामा नदिनएकाे अभियाेगमा घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बबरमहलकी सरस्वती प्रधान रहेकी छन् ।

उनीलाई आइतबार महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरिएकाे महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए।  पक्राउपछि उनीलाई म्याद थपका लागि अदालतमा लगिएको एसएसपी सिंहले बताए।

उनीविररुद्ध सञ्चारकर्मी २४ वर्षीया रुपा सुनारले प्रहरी उजुरी दिएकी थिइन्। दलितकी छोरी भन्दै प्रधानले उनलाई कोठा भाडामा दिन अस्वीकार गरेकी थिइन्। कोठा भाडामा दिने तयारीमा रहेकी प्रधानले अन्तिममा जात थाहा पाएपछि काेठा नदिने बताएकी थिइन्।

जातका कारण कोठा भाडामा दिन अस्वीकार गरेको भन्दै रुपाले शुक्रबार प्रहरीमा जाहेरी दिएकी थिइन्। मुलुकी फौजदारी संहिता २०७४ को दफा १६६ मा जातपातको आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न नहुने व्यवस्था गरेको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.