दक्षिण सुडानमा तैनाथ तारादल गण छैठौं डफ्फाको अदली बदली

| 2020 Nov 08 | 12:14 pm 2148

काठमाडौं, कात्तिक २३ः शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ संयुक्त राष्ट्र संघ (UNMISS) मिशनमा तैनाथ श्री
तारादल गण छैठौं डफ्फालाई बदली गर्नको लागि आइतबार प्रमुख सेनानी सुशिल प्याकुरेलको कमाण्डमा श्री गोरख बहादुर गण सातौं डफ्फाको २ सय १३ जना जना नेपाली शान्ति सैनिक, मिशन ईलाका तर्फ प्रस्थान गरेका छन् ।

No description available.

कोभिड १९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरीएको यो अदली बदलीमा सम्पुर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलहरूको पालना गरीएको छ ।

सोही क्रममा दक्षिण सुडानबाट सेनानी दिपक अर्यालको कमाण्डमा २ सय ११ जना शान्ति सैनिकहरु २०७७
कात्तिक २४ गतेको बिहान नेपाल आईपुग्ने योजना रहेको समेत जानकारी गराइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.