थापाको निधनप्रति कांग्रेस पार्टीकाे शोक व्यक्तव्य

| 2021 Mar 11 | 01:54 pm 4053

काठमाडौं, फागुन २७ः नेपाली कांग्रेस गुल्मीका पूर्व उपसभापति एवम् नेपाल विद्यायार्थी संघका संस्थापक केन्द्रीय सदस्य लक्ष्मणसिंह थापाको निधनप्रति नेपाली कांग्रेस पार्टीले शोक व्यक्त गरेका छन् ।

थापाको बुधबार बिहान ११ः२० बजे ७२ वर्षको उमेरमा गुल्मी दरबार गाउँपालिका स्थित आफ्नै निवासमा निधन भएको हो ।

स्वर्गीय थापा नेपाल शिक्षक संघ गुल्मीका संस्थापक अध्यक्ष र वीपी विचार समाजको वर्तमान जिल्ला अध्यक्ष समेत रहेका थिए ।

उनले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए । थापाको निधनले नेपाली कांग्रेस पार्टीमा एक अग्रज व्यक्तित्वलाई गुमाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरीत शोक वक्तव्यमा उल्लेख गरिएको छ ।

साथै थापाको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।

स्वर्गीय थापाले पार्टी संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पुर्याएको सक्रिय योगदानको स्मरण गर्दै सभापति देउवाले उनको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै थापाको आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गरेका छन् ।

May be an image of text

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.