थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

रिपोर्ट नेपाल | 2020 Jul 18 | 05:04 pm 1880

काठमाडौं, साउन ३ः शनिबार नेपालमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ५७ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार ५ सय २ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्ने पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।

मन्त्रालयका अनुसार शनिबार मात्र कोरोनाबाट निको भएर घर फर्कनेको संख्या १ सय ३ छ भने हालसम्म निको हुनेको कुल संख्या ११ हजार ६ सय ३७ रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.